+
+
Shares

सिरहामा साढे १५ लाख बराबरको अवैध सामान बरामद

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २ गते ७:०५

२ साउन ,सिरहा । सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण मुख्यालय, सिरहाले जिल्लाका विभिन्न सीमावर्ती क्षेत्रहरूमा सञ्चालन गरेको निगरानी तथा चेकजाँचका क्रममा अवैध रूपमा भित्र्याइएका विभिन्न सामान बरामद गरेको छ।

गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) सुमनजंग थापाका अनुसार साउन १ गते किराना सामग्री, कपडा, मोटरसाइकल, मदिरा तथा विभिन्न पेय पदार्थ गरी रु. १५ लाख ४८ हजार ८७० बराबरका सामान बरामद गरिएको हो।

बरामद गरिएका सम्पूर्ण सामान आवश्यक कानुनी प्रक्रिया पूरा गरी सिरहा भन्सार कार्यालयमा दाखिला गरिएको एसपी थापाले जानकारी दिए।

सशस्त्र प्रहरीले सीमावर्ती क्षेत्रमा हुने अवैध चोरी–तस्करी तथा राजस्व छली नियन्त्रणका लागि नियमित रूपमा निगरानी र चेकजाँचलाई थप प्रभावकारी बनाउँदै आएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?