+
+
Shares

देवेन्द्र पाण्डेको अन्तिम सन्देश– सरकार सफल भएको देख्न नपाउँला, मुलुकका लागि सफल होस्

‘रास्वपा/बालेन सरकारको सफलता/असफलता देख्न भोग्न म पाउँदिन,’ पाण्डेले लेखेका थिए, ‘तर, यिनीहरु सफल हुन सकुन् भन्ने चाहन्छु । यिनको वा मेरो निम्ति होइन मुलुकको निम्ति ।’

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २ गते ९:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नागरिक अगुवा तथा पूर्वमन्त्री डा. देवेन्द्रराज पाण्डेको शुक्रबार निधन भएको छ ।
  • पाण्डेले निधन हुनुअघि सामाजिक सञ्जालमार्फत सरकार सफल होस् भन्ने कामना गर्दै मुलुकका लागि केही नीतिगत सुझाव दिएका थिए ।
  • उनले सरकारलाई सञ्चालन गर्न अनुभवी, दूरदर्शी र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेश बुझेका व्यक्तिहरूको सहयोग लिन आग्रह गरेका थिए ।

२ साउन, काठमाडौं । नागरिक अगुवा तथा पूर्वमन्त्री डा. देवेन्द्रराज पाण्डेको शुक्रबार निधन भएको छ । सार्वजनिक जीवनमा सधैं नीतिगत बहस, सुशासन र लोकतान्त्रिक मूल्यका पक्षमा स्पष्ट धारणा राख्दै आएका पाण्डेले निधन हुनुभन्दा केही समयअघि सरकारप्रति आशा र सुझाव मिश्रित सन्देश दिएका थिए ।

गत असार १८ गते (जुलाई २) उनले सामाजिक सञ्जालमार्फत उनले आफू सरकारको सफलता वा असफलता प्रत्यक्ष देख्न नपाउने अवस्था आउन सक्ने उल्लेख गर्दै सरकार सफल होस् भन्ने कामना व्यक्त गरेका थिए ।

‘रास्वपा/बालेन सरकारको सफलता/असफलता देख्न भोग्न म पाउँदिन,’ पाण्डेले लेखेका थिए, ‘तर, यिनीहरु सफल हुन सकुन् भन्ने चाहन्छु । यिनको वा मेरो निम्ति होइन मुलुकको निम्ति ।’

उनले सरकार परिवर्तनमात्र पर्याप्त नहुने भन्दै राज्य सञ्चालनमा नीतिगत, संस्थागत र प्रक्रियागत सुधारको आवश्यकता औंल्याएका थिए । नयाँपन वा क्रमभंगभन्दा पनि शासन प्रणालीका आधारभूत पक्षमा गम्भीर ध्यान दिनु आवश्यक रहेको पाण्डेको भनाइ थियो ।

पूर्वमन्त्री पाण्डेले सत्तामा रहेका नेता, कार्यकर्ता र उनीहरूका निकटस्थ सल्लाहकारमात्र पर्याप्त नहुने उल्लेख गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेशको गहिरो बुझाइ भएका अनुभवी व्यक्तिहरूको सहयोग सरकारलाई आवश्यक पर्ने पनि बताएका थिए ।

‘यारहरू यार हुन सक्छन्, प्यार पनि देलान्, तर राष्ट्रिय अन्तर्राष्ट्रिय परिवेस बुझेर दीर्घकालीन सोच राखेर नीति निर्माणदेखि संवाद सञ्चारमार्फत सरकारलाई चाहिने सहयोग सुविधा पुर्‍याउन सक्दैनन्,’ उनले लेखेका थिए ।

पाण्डेले सरकारलाई सक्षम, अनुभवी र दूरदर्शी व्यक्तिहरूको सहयोग लिएर उक्त अभाव पूरा गर्न आग्रह गरेका थिए । सन्देशको अन्त्यमा उनले लेखेका थिए, ‘यो अभाव पूर्ति गर । सरकार सफल बनाउ, आफू सफल बन, मुलुक सफल बनाउ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?