News Summary
Generated by OK AI. Editorially reviewed.- परन्तप भण्डारी र लिजा श्रेष्ठले 'मोडल हन्ट नेपाल २०२६'को शीर्ष उपाधि जितेका छन् ।
- विजेता दुवैले नगद ५ लाख बराबरको पुरस्कार र अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरेका छन् ।
- आयोजक संस्थाका अध्यक्ष रवि धमलाले यस प्रतियोगिताले मोडलिङ क्षेत्रमा नयाँ अवसर र प्लेटफर्म सृजना गरेको बताए ।
काठमाडौँ । ‘मोडल हन्ट नेपाल २०२६’को उपाधि परन्तप भण्डारी र लिजा श्रेष्ठले जितेका छन् । भण्डारी पुरुष र श्रेष्ठ महिलातर्फ शीर्ष विजेता घोषित भए ।
दुवै विजेताले नगद ५ लाख बराबरको पुरस्कार जिते । विजेताहरूले डिसेम्बरमा कम्बोडियामा आयोजना हुने ‘मिस एण्ड मिस्टर सेलिब्रेटी इन्टरनेशनल’मा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरेका छन् ।
यसबाहेक भण्डारीले बेस्ट वाक, बेस्ट फिजिक्स र बेस्ट फिगरसहित ३ र श्रेष्ठले कमर्सियल मोडलको सहविधा पनि जिते ।

पुरुषतर्फ पहिलो उपविजेता अनुस्कृत न्यौपाने, द्धितीय उपविजेता सुशान्त प्रजापति चुनिँदा महिलातर्फ प्रथम उपविजेता प्रियंका ओली र द्धितीय उपविजेता खुसी बोहरा घोषित भए ।
निर्णायकमा माल्भिका सुब्बा, प्रशान्त ताम्राकार, राजभाई सुवाल, हिमाञ्चलराज केसी, विनय जोशी, रमिला नेमकुल, मनीष राई थिए । प्रतियोगीताको यो १० औं सिजन हो ।
प्रतियोगिताले मोडलिङ गर्न चाहनेका लागि उचित अवसर र प्लेटर्फको सृजना गरेको आयोजक नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले बताए ।

प्रतिक्रिया 4