+
+
Shares

अटोमोबाइल तथा मोबिलिटीलाई प्राथमिकता दिन सरकारसँग परिसंघ अध्यक्ष पाण्डेको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २६ गते १२:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले अर्थतन्त्रलाई चलायमान बनाउन अटोमोबाइल तथा मोबिलिटी क्षेत्रलाई सरकारले उच्च प्राथमिकतामा राख्नुपर्ने बताएका छन् ।
  • पाण्डेले आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सरकारले पूँजीगत खर्च उल्लेखनीय रूपमा बढाउनुपर्नेमा जोड दिएका छन् ।
  • उनले भने, ‘विगत केही वर्षदेखि नेपालको अर्थतन्त्र अपेक्षाअनुसार अघि बढ्न सकेको छैन । आर्थिक मन्दीको असर निजी क्षेत्रसँगै सरकारी राजस्व, रोजगारी, उत्पादन, व्यापार र समग्र आर्थिक गतिविधिमा परेको छ ।’

२६ साउन, काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले अर्थतन्त्रलाई चलायमान बनाउन अटोमोबाइल तथा मोबिलिटी क्षेत्रलाई सरकारले उच्च प्राथमिकतामा राख्नुपर्ने बताएका छन् ।

‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै पाण्डेले अटोमोबाइल क्षेत्र उद्योग, व्यवसाय, प्रविधि र उपभोक्तालाई जोड्ने महत्वपूर्ण माध्यम भएको बताएका हुन् ।

यस्ता प्रदर्शनीले बजारमा नयाँ प्रविधिबारे जानकारी दिनुका साथै भविष्यका सम्भावना उजागर गर्ने उनको भनाइ छ । विगत केही वर्षदेखि नेपालको अर्थतन्त्र अपेक्षाअनुसार अघि बढ्न नसकेको र आर्थिक मन्दीको असर निजी क्षेत्रसँगै सरकारी राजस्व, रोजगारी, उत्पादन, व्यापार तथा समग्र आर्थिक गतिविधिमा परेको उनले बताए । पछिल्लो समय अर्थतन्त्रमा देखिन थालेका सकारात्मक गतिविधि भने स्वागतयोग्य रहेको उनको भनाइ छ ।

अटोमोबाइल तथा मोबिलिटी क्षेत्रले सरकारलाई महत्वपूर्ण राजस्व योगदान गर्नुका साथै ठूलो रोजगारी सिर्जना गर्ने क्षमता राख्ने पाण्डेले बताए । यो क्षेत्र निर्माण, पूर्वाधार, ऊर्जा, वित्तीय सेवा, बीमा, पर्यटन तथा यातायातलगायत क्षेत्रसँग प्रत्यक्ष रूपमा जोडिएको उनले उल्लेख गरे ।

सरकारले चालु आर्थिक वर्षका लागि राखेको ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न पूँजीगत खर्च उल्लेखनीय रूपमा बढाउनुपर्नेमा उनले जोड दिए । पूँजीगत खर्च बढ्दा सडक, पुल, ऊर्जा, यातायात तथा सहरी पूर्वाधारको विकास तीव्र हुने र त्यसको सकारात्मक प्रभाव अर्थतन्त्रका अन्य क्षेत्रमा समेत पर्ने उनको भनाइ छ ।

‘विगत केही वर्षदेखि नेपालको अर्थतन्त्र अपेक्षाअनुसार अघि बढ्न सकेको छैन । आर्थिक मन्दीको असर निजी क्षेत्रसँगै सरकारी राजस्व, रोजगारी, उत्पादन, व्यापार र समग्र आर्थिक गतिविधिमा परेको छ,’ उनले भने, ‘त्यसैले अटोमोबाइल तथा मोबिलिटी क्षेत्रलाई सरकारले उच्च प्राथमिकतामा राख्नुपर्छ भन्ने नेपाल उद्योग परिसंघको स्पष्ट धारणा छ ।’

अटोमोबाइल एक्स्पोहरू व्यापार प्रवद्र्धनका माध्यम मात्रै नभई उपभोक्ताको विश्वास बढाउने, नयाँ प्रविधि भित्र्याउने तथा विद्युतीय र हरित मोबिलिटीलाई प्रोत्साहन गर्ने माध्यमसमेत भएको उनले बताए । यस्ता गतिविधिले अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग गर्ने उनको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?