News Summary
Generated by OK AI. Editorially reviewed.- मिस नेपाल दीपमाला ढकालले नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलसँग भेट गरी वर्तमान वित्तीय संकट र त्यसले युवामा पार्ने प्रभावबारे महत्वपूर्ण छलफल गरेकी छन् ।
- ढकालले वित्तीय संकट समाधानका लागि वित्तीय साक्षरता, सहज वित्तीय सहायता र मानवीय संवेदनशीलतालाई समेटेर नीति निर्माण गर्नुपर्नेमा जोड दिएकी छन् ।
- उनले ऋणको समस्या समाधान गर्न सकिने बताउँदै 'ऋण ठूलो हुन सक्छ, तर जीवनभन्दा ठूलो कहिल्यै हुँदैन' भनी सामाजिक सञ्जालमार्फत सन्देश दिएकी छन् ।
काठमाडौं । ‘मिस नेपाल २०२६’ दीपमाला ढकालले राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलसँग भेट गरी वित्तीय संकट र त्यसले मानिसको जीवनमा पार्ने असरबारे छलफल गरेकी छन् ।
ढकालले सामाजिक सञ्जालमार्फत भेटबारे जानकारी दिँदै ऋण तथा आर्थिक दबाबका कारण विशेषगरी युवाको जीवनमा पर्न सक्ने गम्भीर असरबारे गभर्नर पौडेलसँग महत्वपूर्ण कुराकानी भएको बताएकी छन् ।
उनले वित्तीय संकटको सामना गर्न वित्तीय साक्षरता, सहज रूपमा उपलब्ध हुने वित्तीय सहायता, आर्थिक अवसर र मानवीय संवेदनासहितको नीतिनिर्माण महत्वपूर्ण हुने उल्लेख गरेकी छन् ।
ढकालले लेखेकी छन्, ‘ऋण ठूलो हुन सक्छ, तर जीवनभन्दा ठूलो कहिल्यै हुँदैन । ऋणको समाधान खोज्न सकिन्छ; एउटा जीवनको विकल्प खोज्न सकिँदैन ।’
ब्ल्याक–रककी पूर्व इन्भेस्टमेन्ट स्ट्राटेजिस्टसमेत रहेकी ढकालले मिस नेपालका रूपमा आफ्नो आवाजलाई आर्थिक कठिनाइमा परेकाहरूले समाधान र सहयोग पाउने तथा कुनै पनि युवाले आफ्नो परिस्थितिलाई भविष्यभन्दा ठूलो नठान्ने नेपाल निर्माणमा प्रयोग गर्ने आशा व्यक्त गरेकी छन् ।
उनले गभर्नर पौडेलसँगको भेटलाई प्रेरणादायीसमेत बताएकी छन् ।
प्रतिक्रिया 4