News Summary
Generated by OK AI. Editorially reviewed.- तिलगंगा आँखा प्रतिष्ठानले रसुवा बाढी प्रभावितको उद्धार र राहतका लागि १ करोड रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने भएको छ ।
- प्रतिष्ठानका कर्मचारीहरूले एक दिनको तलब पनि उक्त कोषमा जम्मा गर्ने भएका छन् ।
- प्रतिष्ठानले प्रभावित क्षेत्रका घाइते र बिरामीको आँखा सम्बन्धी निःशुल्क उपचार गर्ने निर्णय गरेको छ ।
१२ भदौ, काठमाडौं । रसुवा बाढीबाट प्रभावित जनताको उद्धार तथा राहतका लागि तिलगंगा आँखा प्रतिष्ठानले १ करोड रुपैयाँ र कर्मचारीहरूबाट एक दिनको तलब रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने भएको छ ।
साथै, प्रभावित क्षेत्रका घाइते र बिरामीहरूको आँखा सम्बन्धी निःशुल्क उपचार गर्ने निर्णय पनि प्रतिष्ठानले गरेको छ । प्रतिष्ठानअन्तर्गत रसुवा, नुवाकोट र धादिङमा कार्यरत कर्मचारीहरूलाई ग्रामीण आँखा केन्द्र समेतको सहयोग लिई एक टोली बनाई जिल्ला दैवी प्रकोप समन्वय समितिसँगको समन्वयमा बाढी प्रभावित क्षेत्रका समुदायको आवश्यकताअनुसार आँखा परीक्षण र उपचारमा परिचालन गरेको जानकारी पनि जानकारी दिइएको छ ।
नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठान परिवारले आर्जन गरेको रकम तथा देशभित्र र बाहिर रहेका शुभेच्छुक, सहयोगी मित्रहरूमार्फत प्राप्त रकमबाट नेपाल सरकारको राहत, उद्धार र पुनस्र्थापनामा सहयोग पुग्ने अपेक्षासहित रकम प्रदान गरिएको प्रतिष्ठानले जनाएको छ ।
भविष्यमा शुभेच्छुकहरूमार्फत थप सहयोग संकलन भएमा सो रकम पनि सरकारलाई उपलब्ध गराउने प्रतिष्ठानले जनाएको छ । पुनर्निर्माणको यात्रामा पनि तिलगंगा आँखा प्रतिष्ठानले साथ दिने प्रतिबद्धता व्यक्त गरेको छ
प्रतिक्रिया 4