News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले भोटेकोशी बाढी प्रभावितलाई आर्थिक सहयोग गर्न स्वदेश तथा विदेशका नेपाली र विदेशी नागरिकलाई प्रधानमन्त्री राहत कोषमार्फत सहयोग गर्न आग्रह गरेको छ।
- परराष्ट्र मन्त्रालयले क्यूआर कोड र सरकारले तोकेको अनलाइन प्रणालीबाट राहत कोषमा रकम जम्मा गर्न सकिने जनाएको छ।
- मन्त्रालयले भौतिक सहयोग गर्न चाहने अन्तर्राष्ट्रिय संस्था, व्यक्ति र शुभेच्छुकप्रति आभार व्यक्त गर्दै आवश्यकताका आधारमा थप सहयोग समन्वय गर्ने जनाएको छ।
१२ भदौ, काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावितका लागि आर्थिक सहयोग गर्न चाहने स्वदेश तथा विदेशमा रहेका नेपाली तथा विदेशी नागरिकलाई प्रधानमन्त्री राहत कोषमार्फत सहयोग गर्न आग्रह गरेको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार राहत कोषमा क्यूआर कोडमार्फत तथा सरकारले तोकेको अनलाइन प्रणालीबाट समेत रकम जम्मा गर्न सकिनेछ ।
मन्त्रालयले भौतिक सामग्रीमार्फत सहयोग गर्न इच्छुक अन्तर्राष्ट्रिय संस्था, व्यक्ति तथा शुभेच्छुकप्रति आभार व्यक्त गर्दै आवश्यकता पहिचान तथा मूल्यांकनका आधारमा सरकारले थप सहयोगका लागि समन्वय गर्ने जनाएको छ ।
‘हामीलाई भौतिक सहयोग उपलब्ध गराउन इच्छुक हाम्रा सबै अन्तर्राष्ट्रिय शुभेच्छुक, संघसंस्था तथा व्यक्तिहरूप्रति धन्यवाद व्यक्त गर्दछौँ,’ मन्त्रालयले भनेको छ ।
सरकारले विपद्पछिको उद्धार तथा राहत कार्यसँगै पुन:स्थापना र पुनर्निर्माणका लागि आवश्यक स्रोत तथा सहयोग जुटाउने प्रक्रिया अघि बढाइरहेको जनाएको छ ।
प्रतिक्रिया 4