+
+
Shares

धादिङको चिरौदीमा बाढीले ४ घरमा क्षति

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १४ गते ८:३५
तस्वीर : केशव अधिकारीको फेसबुक वालबाट

१४ भदौ, काठमाडौं । धादिङको गल्छी गाउँपालिका-४ चिरौदीमा बाढीले चार वटा घरमा क्षति पुगेको छ।

धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय गौतमले त्रिशूली नदीमा पानीको बहाब बढ्दा स्थानीयको घरमा क्षति पुगेको जानकारी आफूले पाएको बताइन् ।

उनले अनलाइनखबरसँग  भनिन्, ‘बाढीले चार घरमा क्षति पुर्‍याएको भन्ने सूचना पाएको छु । घटनास्थलमा प्रहरीको टोली गइसकेको छ । घर पूर्णरूपमा बगाएको हो कि आंशिक रूपमा क्षति पुगेको भन्नेबारे प्रहरीको टोली पुगेपछि मात्रै थाहा हुन्छ ।’

गाउँपालिका अध्यक्ष केदारनाथ खतिवडाले पनि बाढीले चार वटा घरमा क्षति पुगेको जानकारी आफूले पाएको बताए ।

उनले भने, ‘स्थानीयको चार वटा घरमा क्षति पुगेको भन्ने सूचना पाएको छु । यसबारे थप बुझ्ने प्रयास भइरहेको छ ।’

त्रिशूली नदीमा पानीको बहाब बढ्दै गएको र नदी तटीय क्षेत्र जोखिममा रहेको भन्दै स्थानीय प्रशासनले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?