+
+
Shares

रसुवा बाढी : सेनाले हालसम्म गर्‍यो २६५० जनाको उद्धार

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १४ गते १२:०२

१४ भदौ, काठमाडौं । रसुवास्थित भोटेकोशीमा १० भदौको बिहान आएको बाढी पश्चात उद्धारमा खटिएको नेपाली सेनाले अहिलेसम्म २ हजार ६५० जनाको उद्धार गरेको छ ।

सैनिक मुख्यालय जंगी अड्डाका अनुसार शनिबार मात्रै टिमुरे, स्याफ्रुबेशी, मैलुङबाट ५४ जनाको हवाई उद्धार गरिएको थियो । जसमा ४६ चिनियाँ र ८ भारतीय छन् । अन्य समेत गरी शनिबार विभिन्न ठाउँहरुबाट ५५० जनालाई हवाई उद्धार गरिएको छ ।

त्यसैगरी बाढीपश्चात अहिलेसम्म सेनाले स्थल उद्धारमार्फत २ सय र हवाई उद्दारमार्फत २ हजार ४५० गरी २ हजार ६५० जनाको उद्दार गरेको छ ।

जसमा १२१ भारतीय नागरिक, ४ जर्मन नागरिक ७२ चिनियाँ नागरिक २ अमेरिकन नागरिक, २ इटालियन नागरिक, १ ओमान नागरिक १५ कोरियन नागरिक छन् ।बाँकी भने नेपाली नागरिक हुन् ।

उद्धारका लागि ८ हजार ३ सय सैनिक खटिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?