News Summary
Generated by OK AI. Editorially reviewed.- ऋषि पञ्चमीको अवसरमा काठमाडौंको टेकुस्थित ऋषेश्वर मन्दिरमा बिहानैदेखि व्रतालुहरूको भिड लागेको छ।
- भाद्र शुक्ल पञ्चमीमा महिलाले तीज व्रतको पारायणपछि ३६५ वटा दत्तिवनले दाँत माझेर नदी, खोला, ताल, तलैया र पोखरीमा स्नान गर्छन्।
- यस वर्ष चौथी तिथि तीज व्रतको भोलिपल्ट नै ऋषिपञ्चमी परेकाले व्रत पारायणपछि पञ्चमी स्नानलगायत कर्म गर्नुपर्ने धर्मशास्त्रीहरूको मत छ।
३० भदौ, काठमाडौं । ऋषि पञ्चमीको अवसरमा काठमाडौंको टेकुस्थित ऋषेश्वर मन्दिरमा व्रतालुहरूको बिहानैदेखि भिड लागेको छ ।
टेकुको ऋषेश्वर मन्दिर काठमाडौँ उपत्यकाका पुराना मन्दिर मानिन्छ । जहाँ सनातनकालदेखि नै भाद्र शुक्ल पञ्चमीका दिन भक्तजनको भिड लाग्ने गर्दछ ।
प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने यो पर्वमा महिलाले आज बिहानै उठेर नित्य कर्म सकी तीज व्रतको पारायण गरेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्दछन् ।
यस वर्ष चौथी तिथि तीज व्रतको भोलिपल्ट नै ऋषिपञ्चमी पर्व परेकाले व्रत पारायण सकेपछि पञ्चमी स्नानलगायत कर्म गर्नुपर्ने धर्मशास्त्रीहरूको मत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4