+
+
Shares

रेड बुलको मूल कम्पनी टीसीपी ग्रुपद्वारा बाढीपीडितलाई ४६ लाख बराबर सहयोग

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १ गते १७:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • टीसीपी ग्रुपले नेपालका बाढी र पहिरो प्रभावित समुदायका लागि थाई रेडक्रस सोसाइटीमार्फत १० लाख थाई भाट सहयोग गरेको छ।
  • उक्त रकम नेपालमा हालै आएको आकस्मिक बाढी र पहिरोबाट प्रभावित समुदायको राहत र सहयोगका लागि प्रदान गरिएको हो।
  • टीसीपी ग्रुपले सरस बेभरेजेजमार्फत नेपालमा रेड बुल उत्पादन, रोजगारी र लगानीमार्फत बजार उपस्थितिलाई विस्तार गर्दै आएको जनाएको छ।

१ असोज, काठमाडौं रेड बुलको मूल कम्पनी तथा नेपालमा सरस बेभरेजेजको संयुक्त लगानी साझेदार टीसीपी ग्रुपले नेपालका बाढी तथा पहिरो प्रभावित समुदायका लागि १० लाख थाई भाट (४६ लाख रुपैयाँ बराबर) सहयोग गरेको छ।

टीसीपी ग्रुपले थाई रेडक्रस सोसाइटीमार्फत नेपालमा हालै आएको आकस्मिक बाढी तथा पहिरोबाट प्रभावित समुदायको राहत तथा सहयोगका लागि उक्त रकम प्रदान गरेको हो।

नेपालमा सरस बेभरेजेजमार्फत टीसीपी ग्रुपको लामो समयदेखि उपस्थिति रहेको छ। सरस बेभरेजेजले नेपालमै रेड बुल उत्पादन गर्दै आएको छ। उक्त साझेदारीले नेपालमा रेड बुलको उत्पादन, रोजगारी तथा लगानीमार्फत बजार उपस्थितिलाई थप विस्तार गर्न सहयोग पुर्‍याएको कम्पनीले जनाएको छ।

टीसीपी ग्रुपका तर्फबाट अन्तर्राष्ट्रिय व्यवसाय निर्देशक आन्द्रास डोनाउअर र कर्पोरेट मामिला तथा सञ्चार निर्देशक अजारी सुवाङगुलले थाई रेडक्रस सोसाइटीलाई सहयोग रकम हस्तान्तरण गरेका थिए।

उक्त सहयोग थाई रेडक्रस सोसाइटीको कोष संकलन ब्युरोका निर्देशक खान प्रचुआब्मोह र उपनिर्देशक जानप्रापा विचितचोलचाईले ग्रहण गरेका थिए। यस योगदानमार्फत टीसीपी ग्रुपले नेपालमा विपद्बाट प्रभावित समुदाय तथा जारी राहत प्रयासमा सहयोग पुर्‍याएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?