+
+
Shares

बर्दिबासमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको ९औं महाधिवेशन

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १७ गते १२:३९

१७ असोज, जनकपुरधाम । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको ९औं राष्ट्रिय महाधिवेशन तथा रजत जयन्ती-२०८३ आगामी असोज २२, २३ र २४ गते महोत्तरीको बर्दिबासमा आयोजना हुने भएको छ ।

प्रतिष्ठानले शुक्रबार पत्रकार सम्मेलनमार्फत २५ बर्से  संस्थागत यात्राको समीक्षा गर्दै महाधिवेशनको तयारीबारे जानकारी दिएको हो । महाधिवेशन बर्दिबासस्थित गौरिडाँडा खुला मञ्चमा आयोजना हुने प्रतिष्ठानकी केन्द्रीय अध्यक्ष रिता थापा मगरले जानकारी दिइन् ।

वि.सं. २०५७ असोजमा नवलपरासीको अरुणखोलामा वरिष्ठ लोक तथा दोहोरी गायक एवं सर्जक अम्बर विरही गुरुङको अध्यक्षतामा तदर्थ समिति गठन भएसँगै प्रतिष्ठानको संस्थागत यात्रा सुरु भएको हो । हाल रिता थापा मगरको नेतृत्वमा रहेको प्रतिष्ठान सातै प्रदेश, ७० जिल्ला, उपत्यका तथा विदेशसमेत गरी करिब १०० समितिमा विस्तार भएको र झण्डै ४५ सय आजीवन सदस्यसहित हजारौँ सदस्यको साझा संस्था बनेको जनाइएको छ ।

महाधिवेशनमा प्रतिनिधि तथा पर्यवेक्षक गरी करिब १ हजार ५ सय जनाको सहभागिता रहने अध्यक्ष मगरले बताइन् ।

बर्दिबास क्षेत्रमा करिब १ हजार जनाको आवास व्यवस्था भइसकेको र बाँकीका लागि ढल्केबर तथा लालगढ क्षेत्रमा व्यवस्थापन गरिने प्रतिष्ठानले जनाएको छ ।

महाधिवेशनको उद्घाटनमा मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव प्रमुख अतिथिका रूपमा सहभागी हुने जनाइएको छ। रजत जयन्तीका अवसरमा प्रतिष्ठानको २५ वर्षे यात्रामा योगदान पुर्‍याएका अग्रज तथा विभिन्न क्षेत्रका व्यक्तित्वलाई सम्मानसमेत गरिने अध्यक्ष मगरले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?