+
+
Shares

एमाले र मसालसँग सहकार्य गर्ने समझदारी भइसक्यो : प्रचण्ड 

नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमाले र मसालसँग सहकार्य गर्ने समझदारी भइसकेको बताएका छन्। 

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १८ गते १४:३७

१८ असोज, काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमाले र मसालसँग सहकार्य गर्ने समझदारी भइसकेको बताएका छन्।  नेकपा बागमती प्रदेश सम्पर्क कमिटीले आइतबार काठमाडौँ आयोजना गरेको कार्यक्रममा प्रचण्डले वामपन्थी र देशभक्तहरूसँगको सहकार्यबारे छलफल भइरहेको बताएका हुन्।

‘नेकपा एमाले र मसालसँग समन्वय गरेर जाने त समझदारी नै गरिसकेका छौं,’ उनले भने, ‘अन्य देशभक्त र वामपन्थीहरूसँग पनि छलफल निरन्तर गरिरहेका छौं ।’

त्यस्तै उनले अन्तर्राष्ट्रिय क्षेत्रसँगको सहकार्य महसुस गरेर सोहीअनुसार पहल गरिरहेको पनि सुनाए।  उनले निर्वाचनपछि पनि जनजीवन सहज नबनेको बताए। संविधानमाथि गणतन्त्रमाथि प्रहार भइरहेको बताए।

संविधान, सङ्घीय लोकतान्त्रिक गणतन्त्र र प्राप्त अधिकारहरूमाथि भइरहेको प्रहारको सामना गर्न सबैलाई एकजुट भएर अघि बढ्नुपर्ने अवस्था आएको उनले सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?