News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल प्रिमियर लिगको तेस्रो संस्करण सोमबारदेखि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आठ टोलीको सहभागितामा सुरु हुँदैछ।
- क्यानले प्रतियोगिताको तयारी लगभग अन्तिम चरणमा पुगेको र उपाधि विजेताले एक करोड ५० लाख पाउने जानकारी दिएको छ।
- यसपटक विजेता टोलीको पुरस्कार राशि अघिल्लो संस्करणको तुलनामा ४० लाखले बढाइएको क्यानले जनाएको छ।
८ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल(को तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदैछ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने यो संस्करणमा आठ वटा टोलीको सहभागिता रहनेछ । कीर्तिपुरस्थित मैदानमा लगभग अन्तिम तयारी सकिएको क्यानले जनाएको छ ।
यसपटक विजेताको पुरस्कार राशि बढाइएको छ । योसँगै प्रतियोगिताको प्रतिस्पर्धात्मक आकर्षण र व्यावसायिक महत्त्व थप बढ्ने क्यानको अपेक्षा छ ।
नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको उपाधि जित्ने टोलीले एक करोड ५० लाख प्राप्त गर्ने भएको छ ।
अघिल्लो संस्करणको तुलनामा यसपटक विजेता टोलीको पुरस्कार राशि ४० लाखले बढाइएको नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।
थप तस्वीरहरू–












प्रतिक्रिया 4