१६ कात्तिक, काठमाडौं । धादिङको पृथ्वी राजमार्गअन्तर्गत बेनीघाट रोराङ गाउँपालिका–९ मझिमटारमा सवारी आवागमन बन्द हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालय धादिङले सूचना जारी गर्दै आकासे पुल निर्माण तथा सडक स्तरोन्नतिको कामका लागि सोमबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सवारी आवागमन पूर्ण रूपमा बन्द गरिने जनाएको छ ।
सूचनाअनुसार उक्त स्थानमा निर्माण कार्य सञ्चालन हुने भएकाले सो अवधिमा सबै प्रकारका सवारीसाधनको आवागमन रोक्न लागिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
प्रशासनले उक्त अवधिमा वैकल्पिक मार्ग प्रयोग गरी सवारीसाधन सञ्चालन गर्न तथा गराउन अनुरोध गरेको छ ।
साथै, सवारी चालक तथा सडक प्रयोगकर्तालाई प्रचलित ट्राफिक नियम र सडक अनुशासन पूर्ण रूपमा पालना गर्न आग्रह गरिएको छ ।
हेर्नुहोस् सूचना :

प्रतिक्रिया 4