+
+
Shares

हिउँले सजिएको जुगल हिमाल(तस्वीरहरू)

हिउँले ढाकिएका अग्ला चुचुरा, चम्किला हिमाली पाटा र वरपरको शान्त प्राकृतिक वातावरणले जुगल क्षेत्रलाई विशेष बनाएको छ।

सन्जित फलाना सन्जित फलाना
२०८३ कात्तिक २७ गते ९:२२

२७ कात्तिक, काठमाडौं । राजधानी काठमाडौंबाट करिब १४० किलोमिटर उत्तरपूर्वमा अवस्थित जुगल हिमशृङ्खला प्राकृतिक सौन्दर्यले भरिपूर्ण हिमाली गन्तव्य हो। सिन्धुपाल्चोक जिल्लाको उत्तरी भेगमा, नेपाल–चीन सीमाक्षेत्रसँगै फैलिएको यो हिमशृङ्खला काठमाडौंनजिकका आकर्षक हिमाली क्षेत्रमध्ये एक हो।

हिउँले ढाकिएका अग्ला चुचुरा, चम्किला हिमाली पाटा र वरपरको शान्त प्राकृतिक वातावरणले जुगल क्षेत्रलाई विशेष बनाएको छ। यहाँका हिमचुचुराले हिमालको सुन्दरता मात्र होइन, पदयात्रा र पर्वतारोहणका सम्भावना पनि बोकेका छन्।

काठमाडौंसँग तुलनात्मक रूपमा नजिक रहे पनि जुगल क्षेत्र अझै धेरैका लागि नयाँ गन्तव्य हो। पछिल्लो समय स्थानीय पर्यटन व्यवसायी तथा सरोकारवालाले यस क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने प्रयास गरिरहेका छन्।

जुगल हिमालका यिनै मनमोहक दृश्यलाई सन्जित फलानाले आफ्नो क्यामेरामा कैद गरेका छन्। हिउँले टल्किएका हिमचुचुरा र प्रकृतिको अनुपम छटाले सजिएका यी तस्बिरमा जुगल क्षेत्रको सुन्दरता झल्किन्छ।

हिउँले सजिएको जुगल हिमाल(तस्वीरहरू)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?