+
+
Shares

चोरीको मोटरसाइकलसहित ३ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २९ गते १५:३०

२९ कात्तिक, काठमाडौं । चोरीका मोटरसाइकलसहित तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ का २१ वर्षीय तेन्जिङ लामा, सोही गाउँपालिका–३ का १९ वर्षीय लाक्पा शेर्पा र सोही गाउँपालिका–३ का समीर तामाङ रहेका छन् ।

उनीहरूलाई प्रहरी वृत्त गौशालाको टोलीले पक्राउ गरेको हो ।

बा ८४ प ५४८४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई जाँच गर्ने क्रममा शंका लागेर थप सोधपुछ गर्दा उनीहरूले मोटरसाइकल चोरी गरेको खुलेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता दानबहादुर थापाले बताए ।

पक्राउ परेकाहरुविरुद्ध चोरीको कसुरमा ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?