News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका सभापति गगन थापाले पुसको पहिलो साता जिल्ला अधिवेशन गर्ने तयारी रहेको बताएका छन् ।
- थापाले जिल्ला अधिवेशनपछि ३/४ दिनको अन्तरालमा प्रदेश अधिवेशन गर्ने र त्यसपछि स्थानीय तहको चुनावमा केन्द्रित हुने जानकारी गराएका छन् ।
- थापाले मंसिर ४ गते स्थानीय तह निर्वाचनको मिति छलफलका लागि निर्वाचन आयोगले दलहरूलाई बोलाएको जानकारी पनि कार्यकर्तालाई गराए ।
२९ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पुसको पहिलो साता जिल्ला अधिवेशन गर्ने तयारी रहेको बताएका छन् ।
छठ मनाउनका लागि सर्लाही पुगेका थापाले पुसको उक्त जानकारी गराएका हुन् । ‘टुंगो गर्न बाँकी छ । अहिलेसम्म मोटामोटी पुसको पहिलो साता जिल्ला अधिवेशन गर्छौ,’ सभापति थापाले भने,‘त्यसपछि थोरै अवधि ३/४ दिन राखेर प्रदेश अधिवेशन गर्छौ ।’
कांग्रेसले जिल्ला र प्रदेशको अधिवेशन बाँकी राखेर केन्द्रीय अधिवेशन असोजमा गरेको थियो । जिल्ला र प्रदेश अधिवेशन सके लगत्तै स्थानीय तहको चुनावमा केन्द्रित हुने थापाले जानकारी गराए ।
मंसिरको ४ गते स्थानीय तहको निर्वाचनको मिति बारे छलफल गर्न दलहरूलाई निर्वाचन आयोगले बोलाएको जानकारी पनि थापाले कार्यकर्तालाई गराए ।
छठका पर्व मनाउन गत निर्वाचनमा प्रतिस्पर्धा गरेको क्षेत्र सर्लाही–४ मा पुगेका थापा सोमबार काठमाडौं फर्कने छन् ।
प्रतिक्रिया 4