+
+
Shares

काठमाडौंको मेयरमा उम्मेदवारी दिने सुमनाको घोषणा

आफ्नो ज्ञान, सीप, अनुभव र विज्ञता अब काठमाडौंको समृद्धि, सुशासन र रूपान्तरणका लागि समर्पित गर्ने उनको भनाइ छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर २ गते १२:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पूर्वमन्त्री सुमना श्रेष्ठले फेसबुकमार्फत् काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् ।
  • उनले पार्टीबाट लड्ने वा स्वतन्त्र उम्मेदवार हुने भन्ने खुलाएकी छैनिन् ।
  • सुमना श्रेष्ठ रास्वपाको पूर्वसहमहामन्त्री हुन्, र शिक्षा मन्त्री हुँदा उनले सहमहामन्त्री पदबाट राजीनामा दिएकी थिइन् ।

२ मंसिर, काठमाडौं । पूर्वमन्त्री सुमना श्रेष्ठले काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् ।

उनले मेयर पदमा उम्मेदवारी दिने घोषणा फेसबुकमार्फत् गरेकी हुन् ।

उनले अहिले कुनै पार्टीबाट काठमाडौंको मेयर पदमा निर्वाचन लड्ने हुन् वा स्वतन्त्र भन्ने खुलाएकी छैनिन् ।

तर आफ्नो ज्ञान, सीप, अनुभव र विज्ञता अब काठमाडौंको समृद्धि, सुशासन र रूपान्तरणका लागि समर्पित गर्ने उनको भनाइ छ ।

सुमना रास्वपाको पूर्वसहमहामन्त्री हुन् । उनी शिक्षा मन्त्री पदमा रहँदा सहमहामन्त्री पदबाट राजीनामा दिएकी थिइन् । पछि उनी पार्टीको राजनीतिबाट पनि निष्कृय भइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?