News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल विद्युत् प्राधिकरणले काठमाडौंका विभिन्न क्षेत्रमा वितरण लाइन भूमिगत गर्न मंसिर ३ देखि १४ गतेसम्म दैनिक बिहान १०:३० देखि दिउँसो ४ बजेसम्म विद्युत् आपूर्ति बन्द गर्ने भएको छ।
- कुलेश्वर र बानेश्वर वितरण केन्द्रअन्तर्गत बलम्बु, थानकोट, धोबीखोला, बत्तीसपुतली, कालिमाटी, बाफल र कोटेश्वर फिडरका विभिन्न क्षेत्रमा पालैपालो विद्युत् कटौती हुनेछ।
- प्राधिकरणले मौसम प्रतिकूल भएमा कार्यतालिका रद्द हुने र विद्युत् अवरुद्ध हुँदा उपभोक्तालाई असुविधा हुने भन्दै क्षमा मागेको छ।
३ मंसिर, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले काठमाडौंका विभिन्न क्षेत्रमा विद्युत् वितरण लाइन भूमिगत गर्ने कार्यका लागि १२ दिनसम्म विद्युत् आपूर्ति बन्द गर्ने भएको छ ।
प्राधिकरणले एक सूचना जारी गर्दै कुलेश्वर र बानेश्वर वितरण केन्द्रअन्तर्गतका विभिन्न फिडरमा विद्युत् आपूर्ति बन्द हुने जनाएको हो ।
प्राधिकरणका अनुसार २०८३ मंसिर ३ गतेदेखि मंसिर १४ गतेसम्म विभिन्न स्थानमा बिहान १०:३० बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत् आपूर्ति बन्द हुनेछ ।
विद्युत् आपूर्ति बन्द हुने विवरण यस्तो छ :
मंसिर ३ गते : बलम्बु/थानकोट फिडरअन्तर्गत बल्खु खोला पुल र नैकाप क्षेत्रमा ।
मंसिर ४ गते : धोबीखोला/बत्तीसपुतली फिडरअन्तर्गत लुम्बिनीदेखि शिफल ग्राउन्डसम्म ।
मंसिर ५ गते : कालिमाटी र बाफल फिडरअन्तर्गत स्युचाटार पुल क्षेत्रमा ।
मंसिर ६ गते : बलम्बु/थानकोट फिडरअन्तर्गत बल्खु खोला पुल र नैकाप क्षेत्रमा ।
मंसिर ७ गते : कोटेश्वर/इमाडोल फिडरअन्तर्गत ईडीटीआर ९ र ईडीटीआर ९ए क्षेत्रमा ।
मंसिर ८ गते : बलम्बु/थानकोट फिडरअन्तर्गत बल्खु खोला पुल र नैकाप क्षेत्रमा ।
मंसिर ९ गते : कोटेश्वर फिडरअन्तर्गत ईडीटीआर २६ए र ईडीटीआर ४ क्षेत्रमा ।
मंसिर १० गते : धोबीखोला/बत्तीसपुतली फिडरअन्तर्गत शिफल ग्राउन्डदेखि कालोपुलसम्म ।
मंसिर ११ गते : बलम्बु/थानकोट फिडरअन्तर्गत सतुङ्गलदेखि ढुङ्गेअड्डासम्म ।
मंसिर १२ गते : कोटेश्वर फिडरअन्तर्गत ईडीटीआर ८ ए र ईडीटीआर ८ क्षेत्रमा ।
मंसिर १३ गते : थानकोट फिडरअन्तर्गत बलम्बुदेखि सगरमाथा स्याटेलाइट स्टेसनसम्म ।
मंसिर १४ गते : धोबीखोला/बत्तीसपुतली फिडरअन्तर्गत शिफल ग्राउन्डदेखि कालोपुलसम्म ।
प्राधिकरणले मौसम प्रतिकूल भएमा उल्लिखित कार्यतालिका रद्द हुने पनि जनाएको छ । विद्युत् आपूर्ति अवरुद्ध हुँदा उपभोक्तामा पर्न जाने असुविधाप्रति प्राधिकरणले क्षमा मागेको छ ।
हेर्नुहोस् सूचना :

प्रतिक्रिया 4