+
+
Shares

बर्खास्तीमा परेका सशस्त्र एआईजी दाहालले दिए पुनरावेदन निवेदन

उनले गृहमन्त्री हुँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बर्खास्तीविरुद्ध पुनरावेदनको निवेदन दिएका छन् । उनको निवेदनमाथि निर्णय गर्ने अधिकार मन्त्रिपरिषद्‌मा रहन्छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ३ गते १२:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बर्खास्तीमा परेका सशस्त्र प्रहरी बलका एआईजी वंशीराज दाहालले गृहमन्त्री हुँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुनरावेदनको निवेदन दिएका छन् ।
  • संवेदनशील सूचना चुहाएको आरोपमा सरकारले १९ असोजमा दाहाललाई निलम्बन गरी २३ असोजमा बर्खास्त गरेको थियो ।
  • मन्त्रिपरिषद्ले निर्णय सदर गरे दाहालले अदालत जाने बाटो खुल्नेछ ।

३ मंसिर, काठमाडौं । बर्खास्तीमा परेका सशस्त्र प्रहरी बलका एआईजी वंशीराज दाहालले पुनरावेदनको निवेदन दिएका छन् ।

स्रोतका अनुसार उनले गृहमन्त्री हुँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बर्खास्तीविरुद्ध पुनरावेदनको निवेदन दिएका हुन्। उनको निवेदनमाथि निर्णय गर्ने अधिकार मन्त्रिपरिषद्‌मा रहन्छ ।

मन्त्रिपरिषद्ले आफ्नो पूरानै निर्णयलाई सदर गरेमा दाहालको अदालत जाने बाटो खुल्छ । अहिले भने सोझै अदालत जान नमिल्ने भएकाले उनले मन्त्रिपरिषद्‌मा पुनरावेदन दिएको स्रोतले बतायो ।

संवेदनशील र गम्भीर सूचना चुहाएको भन्दै सरकारले २३ असोजमा दाहाललाई बर्खास्त गरेको थियो । बिचौलिया भनिएका इनम सापकोटासँग कनेक्शन देखिएको उनलाई प्रधानमन्त्रीका सूचना चुहाएको आरोप छ।

इनम पक्राउ परेपछि उनको मोबाइलबाट एआईजी दाहालको कनेक्सन देखिएको थियो । इनमसँग कनेक्सन देखिएको र इनमलाई संवेदनशील सूचना चुहाएको भन्दै १९ असोजमा सरकारले एआईजी दाहाललाई निलम्बन गरेको थियो । त्यसपछि एआईजी अञ्जनीकुमार पोखरेललाई छानबिनको जिम्मेवारी दिइएको थियो ।

२३ असोजमा सरकारले एआईजी दाहाललाई बर्खास्तसमेत गरेको थियो । प्रहरी कर्मचारीहरूले पालना गर्नुपर्ने पदीय आचरण प्रचलित काम नगरेको भन्दै उनलाई बर्खास्त गरिएको थियो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ११ असोजमा पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई उनकै घरबाट पक्राउ गरेको थियो । उनलाई राति २ बजे पक्राउ गरी १२ घण्टासम्म प्रहरी नियन्त्रणमा राखेर केरकार गरिएको थियो । चोलेन्द्र पक्राउ परेलगत्तै एआईजी दाहालले प्रहरी हिरासतमा गएर भेटेको विषय पनि सार्वजनिक भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?