+
+
Shares

त्रिभुवन राजपथमा आज सवारी प्रभावित हुने, वैकल्पिक मार्ग अपनाउन आग्रह

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ४ गते ६:१७
फाइल तस्वीर

४ मंसिर, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका–१ स्थित त्रिखण्डेश्वर महादेव मन्दिरमा लाग्ने हरिबोधनी एकादशी मेलाका कारण यो मार्ग प्रयोग नगर्न जिल्ला प्रशासन कार्यालय मकवानपुरले अनुरोध गरेको छ ।

४ मंसिर शुक्रबार हेटौंडा–भैंसे हुँदै काठमाडौं जाने सवारीसाधनलाई कान्तिलोकपथ (हेटौंडा–ठिंगन–सातदोबाटो) प्रयोग गर्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले सूचना जारी गर्दै मन्दिर परिसरमा मेला लाग्ने भएकाले भक्तजनको भीडभाड तथा मन्दिर क्षेत्रको साँघुरो र भिरालो बाटोको भौगोलिक जटिलतालाई मध्यनजर गर्दै सवारी आवागमन सहज, सुरक्षित र व्यवस्थित बनाउन वैकल्पिक मार्ग प्रयोग गर्न प्रशासनले आग्रह गरेको हो ।

प्रजिअ अधिकारीले मन्दिर वरपर दुई किमि सडक खण्ड एकतर्फी मात्रै खोलिने हुँदा घण्टौंसम्म सवारी जाम हुनसक्ने भएकाले यात्रुहरूको सहजताका लागि वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको बताए ।

त्रिखण्डेश्वर मन्दिरमा लाग्ने मेलाका कारण हेटौंडाको बुद्दचोकदेखि भैंसे बजार हुँदै पालुङ–नौबिसे खण्डको त्रिभुवन राजपथ र भैंसे बजारदेखि भीमफेदी–कुलेखानी–फर्पिङ–बल्खु खण्डको छोटो मार्ग हुँदै चल्ने सवारीसाधन प्रभावित हुनेछन् ।

काठमाडौं आवतजावतका लागि यो दुई मार्गबाट दैनिक सयौं सानाठूला र दुई पाङ्ग्रे सवारीसाधन सञ्चालन हुँदै आएका छन् ।

मधेश प्रदेशको सर्लाहीदेखि पर्सासम्मका यात्रुहरू यही मार्ग भएर दैनिक काठमाडौं आवतजावत गरिरहेका छन् ।

२६ कात्तिक यता भीमफेदी–देउराली सडकखण्डको चिसापानीगढीमा माइक्रोबस र बिहीबार भैंसे बजार नजिक जिप दुर्घटना हुँदा १७ जनाको ज्यान गइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?