९ मंसिर, काठमाडौं । सभामुख डोल प्रसाद (डीपी) अर्यालले बुढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेडको कार्यालय तथा आवास भवन र पक्की पुलको शिलान्यास गरेका छन् ।
बुढीगण्डकी जलविद्युत् आयोजना राष्ट्रिय गौरवको आयोजना हो ।
शिलान्याससँगै १२०० मेगावाट क्षमताको यस जलाशययुक्त आयोजनाको मुख्य पूर्वाधार निर्माण कार्य औपचारिक रूपमा अघि बढेको छ ।
गोरखाको गण्डकी गाउँपालिकास्थित घ्याल्चोकको सिउरेनीटारमा आयोजित विशेष समारोहबीच बुढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेडको कार्यालय तथा आवास भवन र पक्की पुलको शिलान्यास भएको हो ।
बुढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेडकाका अनुसार प्रशासनिक तथा आवास भवन र पुलको काम सुरु गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4