+
+
Shares

हुम्लामा भालुको आक्रमणबाट एक जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर १० गते ९:५८
फाइल तस्वीर

१० मंसिर, हुम्ला । हुम्लामा भालुको आक्रमणबाट एक जना घाइते भएका छन् ।

घाइते हुनेमा खार्पुनाथ गाउँपालिका–३ कारङका अन्दाजी ४५ वर्षिय चक्रबहादुर शाही रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ।

जंगलमा काठ काट्न गएका बेला भालुले आक्रमण गरी उनलाई घाइते बनाएको हुम्लाका डीएसपी शंकर खडकाले बताए।

भालुको आक्रमणबाट शाहीको टाउको ,अनुहार र शरिरको विभित्र भागमा चोट रहेको उनले बताए।

उपचारका लागि उनलाई जिल्ला अस्पताल सिमकोट ल्याउँदै गरेको खडकाको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?