+
+
Shares

विगतमा जस्तै लम्पसार गर्ने प्रवृत्ति दोहोरियो : भीम रावल

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर १० गते १६:३३

१० मंसिर, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता भीम रावलले सत्ता स्वार्थका लागि विगतमा लम्पसार पर्ने प्रवृत्ति दोहोरिएको टिप्पणी गरेका छन् ।

बिहीबार काठमाडौंमा आयोजित एक साक्षात्कारमा नेता रावलले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा देशको हित विपरीत सम्झौता भएको आरोप लगाए । साथै, सत्ता स्वार्थका लागि बिदेशीसामू लम्पसार पर्ने प्रवृत्ति बिगतको जस्तै दोहरिएको टिप्पणी पनि उनले गरेका छन् ।

उनले नेपालका प्राथमिकताप्राप्त आयोजनामा भारतलाई प्राथमिकता दिइने गरी १९५० को सन्दर्भको प्रावधान ब्युँताइएको आरोप लगाउँदै सरकार तथा प्रधानमन्त्रीसँग जवाफ माग गरे ।

भारतको सुरक्षासम्बन्धी निकायले तालिम–प्रशिक्षणका नाममा नेपाल प्रहरीभित्र भूमिका पाउने गरी प्रधानमन्त्रीले सम्झौता गरेको उनको भनाइ छ ।

नेता रावलले नेपालको देशभक्ति कुनै देशको विरोधमा नभई आफ्नै हितमा आधारित हुनुपर्ने जिकिर गरे । भारत भ्रमणका क्रममा राष्ट्रिय हित, सीमा विवाद र असमान सन्धिजस्ता संवेदनशील विषय नउठाइएको भन्दै सरकारको आलोचना गरे ।

उनले दुई जना पूर्व श्रममन्त्रीको गिरफ्तारीको प्रसंगमा रास्वपाका नेता पनि जोडिँदा किन कानुन आकर्षित नभएको भन्दै प्रश्न गरे ।

सुशासनका लागि कानुन मान्ने, विधिबाट चल्ने र मौलिक अधिकारको सम्मान गर्ने पहिलो दायित्व प्रधानमन्त्री, सरकार र गृह मन्त्रालयको रहेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?