+
+
Shares

भारतीय विदेश मन्त्रालयको प्रतिक्रियापछि भीम रावलले मागे प्रधानमन्त्रीको धारणा

भारतीय विदेश मन्त्रालयले मंगलबार नेपाल–भारत सीमा समस्या सम्बन्धी वार्तामा तेस्रो पक्षलाई संलग्न गराउने कुरा इन्कार गरेको थियो । सोही प्रतिक्रियापछि नेता रावलले प्रधानमन्त्री बालेनको धारणा मागेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १९ गते २०:१८

१९ जेठ, काठमाडौं । नेपाली कम्यनिस्ट पार्टी(नेकपा)का नेता भीम रावलले प्रधानमन्त्री बालेन्द्र शाह(बालेन)सँग सीमा समस्या समाधानबारे भारतीय विदेश मन्त्रालयले दिएको जवाफपछि धारणा माग गरेका छन् ।

भारतीय विदेश मन्त्रालयले मंगलबार नेपाल–भारत सीमा समस्या सम्बन्धी वार्तामा तेस्रो पक्षलाई संलग्न गराउने कुरा इन्कार गरेको थियो । सोही प्रतिक्रियापछि नेता रावलले प्रधानमन्त्री बालेनको धारणा मागेका हुन् ।

‘प्रधानमन्त्री बालेन्द्र शाहले नेपालको अतिक्रमणमा परेको भूमिको सम्बन्धमा बेलायत सरकारलाई वार्तामा संलग्न गराउने भनि प्रतिनिधिसभामा दिएको अभिव्यक्तिको सन्दर्भमा भारतको विदेश मन्त्रालयका प्रवक्ताले भारत र नेपालबीचको दुईपक्षीय विषयमा कुनै तेस्रो पक्षको भूमिका नहुने कुरा सार्वजनिक गरेका छन्,’ रावलले भनेका छन्, ‘अब  नेपालले  भारतको धेरै जग्गा मिचेको भन्ने झुटा र राष्ट्रहित विरोधी धारणा प्रतिनिधिसभामा राख्नुभएका राष्ट्रिय स्वतन्त्र पार्टीको झन्डै दुई तिहाइ बहुमतको सरकारका प्रधानमन्त्रीको भारतीय विदेश मन्त्रालयका प्रवक्ताले दिएको उक्त धारणाको सम्बन्धमा जवाफ के छ ?’

यसबारे नेपाली जनतालाई स्पष्ट गर्न उनले भनेका छन् । ‘स्मरणीय छ, अहिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारत भ्रमणमा हुनुहुन्छ,’ रावलले अगाडि भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?