+
+
Shares

भीम रावलको राजनीतिक पुनरागमनमा ब्रेक

पाँच दशक लामो राजनीतिक यात्रापछि नयाँ दलबाट पुनरागमन गर्ने प्रयासमा रहेका रावलको यो चुनाव अन्ततः सफल हुन सकेन।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २३ गते १६:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भीमबहादुर रावल नेपाली कम्युनिस्ट पार्टीबाट अछाम–१ मा ५२६ मत अन्तरले पराजित भएका छन्।
  • रावलले १० हजार २ सय २३ मत ल्याउँदा कांग्रेसका भरतबहादुर स्वाँरले १० हजार ७ सय ५९ मत ल्याए।
  • रावल पाँच दशक लामो राजनीतिक अनुभवसहित नयाँ दलबाट चुनावी मैदानमा उत्रिएका थिए तर संगठनात्मक कमजोरीले पुनरागमन सफल भएन।

२३ फागुन, काठमाडौं । लामो राजनीतिक अनुभव र नैतिकताको राजनीतिको नारासहित नेपाली कम्युनिस्ट पार्टीबाट चुनावी मैदानमा उत्रिएका भीमबहादुर रावल यसपटक अछाम–१ मा पराजित भएका छन् ।

पाँच दशकभन्दा बढी समय राष्ट्रिय राजनीतिमा सक्रिय रहेका रावलका लागि यो निर्वाचन केवल सांसद पदको प्रतिस्पर्धा मात्र नभई नयाँ दलमा आफ्नो राजनीतिक अस्तित्व प्रमाणित गर्ने परीक्षा पनि थियो। तर, दलीय शक्ति सन्तुलन र संगठनात्मक कमजोरीका कारण उनको पुनरागमन प्रयास सफल भएन ।

उनी ५ सय २६ मतको अन्तरमा कांग्रेसका भरतबहादुर स्वाँरसँग हारे । स्वारले १० हजार ७ सय ५९ मत ल्याउँदा रावलले १० हजार २ सय २३ मत ल्याए ।

२०१३ साउन ४ गते अछामको साँफेबगर नगरपालिका–६ कालाआममा जन्मिएका रावल नेपाली राजनीतिका परिचित र बौद्धिक नेतामध्येमा पर्छन् । २०३० सालदेखि प्रगतिशील विद्यार्थी आन्दोलनबाट राजनीति सुरु गरेका उनले राजनीतिशास्त्रमा विद्यावारिधि र कानुनमा स्नातक अध्ययन गरेका छन्। विद्यार्थी आन्दोलनका क्रममा उनी पटक-पटक गिरफ्तार पनि भए र जेल जीवनसमेत बिताए।

विद्यार्थी राजनीतिबाट अघि बढ्दै उनले वामपन्थी आन्दोलनमा सक्रिय भूमिका खेले। अनेरास्ववियु (एकताको पाँचौं) का संस्थापक नेतामध्ये एक रहेका रावल २०३६ सालमा संगठनको केन्द्रीय सचिवालय सदस्य र विदेश विभाग प्रमुख बनेका थिए । पछि नेकपा (माले) हुँदै एमालेको संगठन निर्माणमा उनले लामो समय काम गरे।

पछिल्ला वर्षमा एमाले नेतृत्वसँग उनको सम्बन्ध चिसियो। २०७९ को निर्वाचनमा अछाम-१ बाट सर्वसम्मत सिफारिस हुँदा पनि पार्टी अध्यक्ष ओली नेतृत्वले उनलाई टिकट नदिएपछि विवाद चर्कियो। अन्ततः उनी पार्टीबाट निष्कासनमा परे।

एमालेभित्र उनको राजनीतिक उचाइ क्रमशः बढ्दै गएको थियो । २०५४ र २०५९ सालमा पार्टीको केन्द्रीय कमिटी सदस्य बनेका उनी २०७१ सालको महाधिवेशनबाट सर्वाधिक मतसहित एमाले उपाध्यक्ष निर्वाचित भएका थिए। उनले सेती अञ्चल इन्चार्ज, विदेश विभाग प्रमुख तथा विभिन्न संगठनात्मक जिम्मेवारीसमेत सम्हाले।

सरकारी जिम्मेवारीमा पनि रावल अनुभवी नेता मानिन्छन्। २०५१ सालमा अछाम-१ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएपछि उनले पर्यटन, संस्कृति तथा नागरिक उड्डयन राज्यमन्त्री र उद्योग मन्त्रालयको जिम्मेवारी सम्हाले। पछि २०६६ देखि २०६८ सम्म गृहमन्त्री र २०७२–२०७३ मा उपप्रधान तथा रक्षामन्त्रीको भूमिकामा रहे।

संविधान निर्माण र शान्ति प्रक्रियामा पनि उनी सक्रिय थिए । माओवादी लडाकु समायोजन तथा पुनर्स्थापनासम्बन्धी विशेष समितिमा रहेर उनले वार्ता प्रक्रियामा भूमिका खेलेका थिए। २०७४ को आम निर्वाचनमा पनि अछाम–१ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएर संसद्‍मा अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा सक्रिय रहे।

तर पछिल्ला वर्षमा एमाले नेतृत्वसँग उनको सम्बन्ध चिसियो। २०७९ को निर्वाचनमा अछाम-१ बाट सर्वसम्मत सिफारिस हुँदा पनि पार्टी अध्यक्ष ओली नेतृत्वले उनलाई टिकट नदिएपछि विवाद चर्कियो। अन्ततः उनी पार्टीबाट निष्कासनमा परे। निष्कासनपछि रावलले मातृभूमि जागरण अभियान चलाउँदै देशव्यापी अभियान सुरु गरे । त्यसपछि २०८२ सालमा उनी नयाँ दल नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएर अछाम-१ बाट उम्मेदवार बने।

यस क्षेत्रमा एमाले, कांग्रेस लगायत प्रमुख दलका बलिया उम्मेदवारहरू मैदानमा थिए । एमालेबाट दीपकबहादुर साउद, कांग्रेसबाट भरतकुमार स्वाँर, राष्ट्रिय स्वतन्त्र पार्टीबाट ओमप्रकाश रावल र राप्रपाबाट लोकेन्द्रबहादुर शाह प्रतिस्पर्धामा थिए ।
लामो समय एमालेमार्फत बनेको संगठन र मताधार यसपटक रावलसँग नआउँदा उनलाई चुनाव जित्न सकेनन् ।

यसरी पाँच दशक लामो राजनीतिक यात्रापछि नयाँ दलबाट पुनरागमन गर्ने प्रयासमा रहेका रावलको यो चुनाव अन्ततः सफल हुन सकेन।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?