+
+
Shares

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सोबिताको तेस्रो वरीयता

सातौं वरीयतामा रहेकी कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमलाई मर्यादाक्रममा माथि सारेर तेस्रो स्थानमा ल्याएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर १० गते १६:२६

१० मंसिर, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिसमा मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर गरेका छन् । 

सातौं वरीयतामा रहेकी कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमलाई मर्यादाक्रममा माथि सारेर तेस्रो स्थानमा ल्याएका छन् ।

यसअघि मन्त्रिपरिपद्को तेस्रो वरियतामा परराष्ट्र मन्त्री शिशिर खनाल थिए । सोबिता तेस्रो वरीयतामा उक्लिँदा उर्जामन्त्री विराजभक्त श्रेष्ठ, गृहमन्त्री सुधन गुरुङ र पूर्वाधारमन्त्री सुनिल लम्सालको वरीयता एक–एक स्थान तल पारिएको छ ।

सोबिता गौतम रास्वापाको महाधिवेशनबाट पार्टीको उपसभापतिमा निर्वाचित भएकी थिइन् । पार्टीमा उनी तेस्रो वरीयतामा रहे पनि मन्त्रिपरिषद्मा उनी सातौं स्थानमा थिइन् । 

पार्टीको वरीयताअनुसार उनलाई माथि लगिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?