सुजल फूड्सको उत्कृष्ट उत्पादन चोकोफनको २० औ बार्षिकोत्सवको अवसरमा कम्पनीले आफ्ना ग्राहकवर्ग, उपभोक्त्ता, बिक्रेता, वितरक र शुभचिन्तकहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै चोकोफनको नयाँ विज्ञापन अभियान शुरु गरेको कम्पनीले बताएको छ।
वाल्ली चोकोफन भन्ने सन्देश बोकेको यस विज्ञापन अभियानलाई आकर्षक ढंगले टेलिभिजन विज्ञापन मार्फत प्रस्तुत गरिएको छ । चोकोफन देशकै पहिलो र ओरजीनल चकलेट वफर हो र यसको मिठो स्वाद हरेक बालबालिकाहरुको मनमनमा बिगत २० वर्षदेखि बस्दै आएको कम्पनीले दावी गरेको छ ।
विज्ञापन अभियान मार्फत बालबालिकाहरुको हरेक रमाइलापलहरुलाई वाल्ली चोकोफनको साथले मात्र पूर्णता मिल्दछ भन्ने सन्देश दिइएको छ ।बालबालिकाहरुको विभिन्न रमाइलापलहरुमा चोकोफनको साथले थप खुशी र आनन्द प्राप्त गर्ने कम्पनीको विस्वास रहेको छ ।
यसरी उनीहरुको रामाइलो र खुशीको अभिन्नअंगको रुपमा वाल्ली चोकोफन छ भन्ने अभिप्राय बोकेको यस विज्ञापन अभियानको प्रवर्धन पत्रपत्रिका, रेडियो, डिजिटल बोर्ड, अनलाइन र सामाजिक संजालमार्फत पनि प्रबाह गरिएको कम्पनीले जनाएको छ ।
यस विज्ञापनलाई बालबालिकाहरुले आफ्नो वास्तविक बाल्यकालसँग चित्रण गर्ने छन् । उनीहरुको दैनिकी जीवनमा हुने विभिन्न मिठा पलहरुलाई नै समेटेर वाल्ली चोकोफनको टेलिभिजन विज्ञापनमा देखाइएको छ । जुन बालबालिकाहरुको हरेक रमाइला पलहरुलाई चोकोफनको मिठासले पूर्ण तुल्याउने कम्पनीले विस्वास लिएको छ ।
विज्ञापनमा बालबालिकाहरु एक अर्कासँग रमाइलो गरिरहेको, चोकोफनको उत्कृष्ट स्वादमामग्न भएको साथै वाल्ली चोकोफन नै उनीहरुको सफलताको मिठास बनेको पनि प्रस्तुत गरिएको छ ।
बिगत चार दशकदेखि उत्कृष्ट कन्फेसनरी उत्पादन गर्दै आएको आएसओ २२०००:२०१८ सर्टिफाइ कम्पनी सुजल फूड्स प्रालिको लोकप्रिय उत्पादन चोकोफन हो ।
प्रतिक्रिया 4