३ असोज, जनकपुरधाम । नेकपा एकीकृत समाजवादी पार्टी धनुषाको अध्यक्षमा रामचन्द्र पण्डित चयन भएका छन् । आइतबार जनकपुरधाममा भएको अगुवा कार्यकर्ता भेलाले पण्डितलाई अध्यक्षमा चयन गरेकाे हाे ।
पार्टीकाे उपाध्यक्षमा शितल साह, सचिवमा सोम प्रसाद शर्मा र सहसचिवमा राजकुमार यादवलाई चयन गरिएको छ ।
२०१ सदस्यीय कमिटी गठन गरिने अध्यक्ष पण्डितले बताए । बाँकी पदाधिकारीकाे नाम घाेषणा र शपथ ग्रहण आगमी १६ गते गरिने उपाध्यक्ष साहले बताए ।
पण्डितकै अध्यक्षता तथा पार्टीको प्रदेश इन्चार्ज धर्मनाथ साहको अध्यक्षतामा भेलाको आयोजना गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4