+
+

‘महानायक’ विवादमा शोभितले चालेको नयाँ चाल

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १८ गते ११:३३

निर्देशक शोभित बस्नेतले बारम्बार भन्दै आएको एउटै कुरा के हो भने, नायक राजेश हमालले चलचित्रमा काम गर्न बाहेक यो क्षेत्रका लागि कुनै पनि योगदान गरेका छैनन् । यसैले, उनी ‘महानायक’ हुनै सक्दैनन् । यो बयानमा शोभितले लामो समयदेखि दर्शककोे गाली समेत सहनुपरेको थियो । तर, पनि शोभित यो बिषयमा टसमस भएका थिएनन् ।

चलचित्र ‘डाँडाको वर पीपल’को गीत रिलिज कार्यक्रममा पनि शोभितले यही कुरा दोहोर्याए । उनले भने–‘नायक भुवन केसीले चलचित्र खेले, यसैमा लगानी गरे । आफ्नी श्रीमतीलाई अरुको अंगालोमा नचाए । छोेरालाई पनि यही क्षेत्रमा ल्याए । यसैले, उनी महानायक हुन् ।’

शोेभितको यो बयानले फेरि बिबाद खडा गर्यो । बिबादले यति उग्र रुप लियो कि, असोज २६ गतेबाट रिलिज हुन लागेको उनी निर्देशित ३१ औं चलचित्र ‘डाँडाकोे वर पीपल’ नै अप्ठ्यारोमा पर्ने देखियो ।

यसपछि भने शोभितले नयाँ चाल चले । उनले, चलचित्रको ट्रेलर रिलिज कार्यक्रममा मुख्य कलाकारहरु शिव श्रेष्ठ, भुवन केसी, गौरी मल्ललाई बोलाएनन् । बरु, राजेश हमालको तस्वीरलाई प्रमुख अतिथी बनाएर कार्यक्रम आयोजना गरे ।

उनले, यो कार्यक्रममा भनेका छन्–‘मलाई लाग्थ्यो केही व्यक्तिले दिएको महानायक भन्दा सुपरस्टारकोे उपाधि ठूलो हो । तर, म गलत रहेछु । आजदेखि म राजेश हमाललाई ‘महानायक’ र भुवन केसीलाई ‘सुपरस्टार’ भन्नेछु ।’
शोेभितले यो बयानमा पनि घुमाउरो शैलीमा ‘महानायक भन्दा सुपरस्टार’ नै ठूलो उपाधि हो भनेर दर्शाउन खोजेका छन् ।

लामो समयदेखि ‘महानायक’ बिबादमा मुछिएपनि बोली नफेरेका शोभितले चलचित्र चल्ने बेलामा आएर माफी माग्दै बोली फेर्नुको पछाडि, उनले चलचित्र रिलिजको समयमा बिबाद नहोस् भन्ने चाहेको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?