+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

बेलबारीमा भैरव अर्यालको सम्झना

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २० गते १४:०२

२० असोज, काठमाडौं । व्यङ्ग्य साहित्यका विराट प्रतिभा भैरव अर्यालको ४५ औं स्मृति दिवसको अवसरमा मंगलवार मोरङको बेलबारीमा आयोजित कार्यक्रममा अर्यालको साहित्यिक योगदानको चर्चा गरियो।

कार्यक्रमका विशिष्ट अतिथिसाहित्यिक पत्रकार रोचक घिमिरेले अर्यालसँग सङ्गत गर्दाका रोचक प्रसङ्गहरू स्मरण गर्दै भैरव स्वयम् नै धेरै पटक हाँसो र व्यङ्ग्यका पात्र बनेको बताए । यस्तै व्यङ्ग्यकार नरनाथ लुइटेल, सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागे लगायतले अर्यालको साहित्यिक योगदानको राज्यले कदर गर्न नसकेको टिप्पणी गरे।

सोही अवसरमा साहित्यकार ईरान राईद्वारा सङ्कलित तथा सम्पादित प्रदेश एकका ३३ जना निबन्धकारहरूको व्यङ्ग्य निबन्धहरूको संयुक्त सङ्ग्रह ‘मुखास्त्र’ सार्वजनिक गरियो । प्रमुख अतिथि बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदी, विशिष्ट अतिथि रोचक घिमिरे, स्रष्टा समाज बेलबारीका अध्यक्ष हर्कमान तामाङ, कवि अनिल पौडेल, लेखिका मिश्र वैजयन्ती र कार्यक्रम अध्यक्ष रेखा सुवेदीले ‘मुखास्त्र’ को संयुक्त रूपमा सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा शिक्षा, साहित्य, सञ्चार, अभिनय र कलाको क्षेत्रमा विशेष योगदान दिएका स्रष्टाहरूलाई सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?