+
+

काठमाडौंको चपली र भक्तपुरको बालकोटमा सानिमा बैंकको शाखा विस्तार

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ४ गते १८:०७

काठमाडौं । सानिमा बैंकले काठमाडौंको चपली र भक्तपुरको बालकोटमा आफ्नो शाखा विस्तार गरेको छ ।

चपली शाखाको उद्घाटन बैंकका अध्यक्ष बिनय कुमार श्रेष्ठ र बूढानीलकण्ठ नगरपालिका-७ का अध्यक्ष बस बहादुर महर्जनले संयुक्त रुपमा गरेका थिए ।

यस्तै बालकोट शाखाको उद्घाटन सूर्यविनायक नगरपालिकाकी उपमेयर जिना बस्नेत र सूर्यविनायक नगरपालिका-२ का अध्यक्ष कमल नाथ आचार्यले संयुक्त रुपमा गरेका थिए ।

बैंकको शाखा कार्यालय उद्घाटन गर्दै सानिमा बैंकका अध्यक्ष श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत भुवन कुमार दाहालले सरोकारवाला सबैलाई सहयोगका लागि आग्रह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?