९ कात्तिक, काठमाडौं। म्याद गुज्रिएका सामानमा नयाँ मिति राखेको सूचनाको को आधारमा काठमाडौंको प्रशासनले धापासीस्थित एक गोदाममा छापा मारेको छ ।
धापासीको गोल्डेन नेपाल सप्लायर्समा कुरकुरे लेज विष्कुट हर्लिक्सलगायत नयाँ मिति राख्दै गरेको अवस्थामा १४ लाख बराबरको सामान बरामद गरिएको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताए।

पक्राउ पर्नेमा गोल्डेन नेपाल सप्लार्यसका प्रमुख २६ वर्षीय सबिन घिमिरे रहेका छन्। उनलाई प्रशासनले ३ लाख जरिवाना तिराएको सहायक प्रमुख जिल्ला अधिकारीले बताए।

उनका अनुसार उक्त गोदाममा शिल गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4