+
+

प्रचण्डलाई ओलीको जवाफ : तपाईंले भन्दा २५ वर्षअघि नै गणतन्त्र अभियान थालिसकेका थियौं

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १८ गते १८:१४

१८ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच जुहारी जारी छ ।

कुनै समय एउटै पार्टी (नेकपा) को अध्यक्ष रहेका दुई नेतामध्ये प्रचण्डले आरोप लगाउने, ओलीले खण्डन गर्ने क्रम जारी छ । बिहीबार पनि त्यही भएको छ ।

प्रचण्डले १५ कात्तिकमा कीर्तिपुरमा पुगेर दिएको अभिव्यक्तिको ओलीले भक्तपुरमा आयोजित कार्यक्रममा पुगेर खण्डन गरेका छन् । प्रचण्डले ओलीले कहिल्यै गणतन्त्र नचाहेको र पूर्वराजा ज्ञानेन्द्र शाह निकटवर्तीहरुलाई भेटेर मौका आयो भने गणतन्त्र उल्टाउँछु भनेको सूचना पाएको बताएका थिए ।

बिहीबार गन्तव्य मध्यपुर थिमी तस्वीर पुस्तक विमोचन कार्यक्रममा एमाले अध्यक्ष ओलीले त्यसको खण्डन गरे । प्रचण्डले कीर्तिपुर पुगेर केपी ओलीले गणतन्त्र कहिल्यै चाहेन भनेको भन्दै उनले भने, ‘पुष्पकमल दाहालले गणतन्त्र भन्नुभन्दा २५ वर्ष अगाडि हामीले गणतन्त्रको अभियान थालिसकेका थियौं ।’

ओलीले अघि भने, ‘प्रचण्डले गणतन्त्रको कुरा गर्नुभन्दा २२ वर्ष अगाडि गणणन्त्रको आन्दोलन लिएर म जेलमा परेको थिएँ र मतदानको बाटोबाट वामपन्थी सरकार बनाएर देखाइसकेका थियौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?