+
+

ओलीले ज्ञानेन्द्रका मान्छेहरुसँग भेटेर मौका आयो भने गणतन्त्र उल्ट्याउने हो भनेछन् : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १५ गते १२:०७

१५ कात्तिक, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को आरोप प्रत्यारोप जारी छ ।

प्रचण्डले चितवन पुगेर ओलीमाथि बालुवाटारमा करोडौंको बिलासी समान किनेको आरोप लगाए, लगत्तै ओलीले खण्डन गरे । चितवनबाट काठमाडौं आएका प्रचण्डले ओलीमाथि अर्को आरोप लगाएका छन्, ज्ञानेन्द्रका मान्छेहरुलाई भेटेर मौका आयो भने गणतन्त्र उल्ट्याउने हो भनेका छन् ।

सोमबार कीर्तिपुरमा आयोजित चियापान कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष ओलीले बारम्बार लोकतान्त्रिक गणतन्त्र, समावेशी समानुपातिक मन नपरेको बताउने गरेको बताए ।

उनले अघि भने, ‘अस्ति त ज्ञानेन्द्रका केही मान्छेहरुसँग भेटेर मलाई जिन्दगीभर गणतन्त्र मन परेकै होइन । बाध्य भएर गरेको हो । मौका आयो भने उल्ट्याउने हो भनेको भन्ने सूचना मैले पाएँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?