+
+

प्रधानन्यायाधीश जबराको बचाऊमा माइतीघरमा प्रर्दशन

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २२ गते १९:०२

२२ कात्तिक, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बचाऊ गर्दै सोमबार काठमाडौंको माइतीघरमा प्रर्दशन गरिएको छ ।

अखण्ड नेपाल हिन्दु अधिराज्य पुनर्स्थापना र्‍याली तथा विरोधसभा नामको ब्यानरमा प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै कानुन व्यवसायीहरुले गरेको प्रदर्शनको विरोधमा प्रर्दशन गरिएको हो ।

विरोध प्रर्दशनमा बोल्दै वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले सत्तामा भाग खोज्ने प्रधानन्यायाधीश जबराले भन्दा पहिले त्यसमा भाग दिने प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा दिनुपर्ने तर्क गरे ।

उनले सत्ताको भाग दिने प्रधानमन्त्री देउवाको राजीनामा किन माग नगरेको भनेर कानुन व्यवसायीहरुलाई प्रश्न समेत गरे ।

वरिष्ठ अधिवक्ता न्यौपानेले भने, ‘एक छिनलाई मानौं, चोलेन्द्रशम्शेरले सत्तामा भाग खोजे । सत्तामा भाग दिने मान्छे को ? शेरबहादुर देउवा । पहिले राजीनामा शेरबहादुर देउवाको मागौं । हाम्रा कानुन व्यवसायीहरुले शेरबहादुर देउवाको राजीनामा किन माग्दैनन् ?’

वरिष्ठ अधिवक्ता न्यौपानेले भारतीय र युरोपियन युनियनका मान्छेहरुलाई नेपाली नागरिकता दिने काम बन्द गरेपछि प्रधानन्यायाधीश जबराविरुद्ध आन्दोलन सुरु गरिएको दावी समेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?