+
+

सुनिल सेट्टीका छोरा अहानको डेब्यु फिल्म ‘तडप’को दोस्रो ट्रेलर रिलिज

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १३ गते १४:५१

१३ मंसिर, काठमाडौं । बलिउड अभिनेता सुनिल सेट्टीका छोरा अहान सेट्टीको डेब्यु चलचित्र ‘तडप’को दोस्रो ट्रेलर सार्वजनिक भएको छ । यो चलचित्र साउथको सुपरहिट चलचित्र ‘आरएक्स १००’को रिमेक हो ।

चलचित्रमा अहानका साथमा तारा सुतारियाको मुख्य भूमिका रहेको छ । यसअघि नै ‘तडप’का चार गीत भने रिलिज भइसकेका छन् ।

ट्रेलरमा अहान एक्सन अवतारमा देखिएका छन् । एक्सनका लागि उनले निक्कै मिहिनेत गरेको देखिन्छ । तारा उनकी प्रेमिकाको भूमिकामा छिन् ।

फक्स स्टार स्टुडियोको प्रस्तुतिमा यो चलचित्रलाई साजिद नाडियाडवालाले निर्माण गरेका हुन् । ‘तडप’लाई मिलन लुथरियाले निर्देशन गरेका छन् । यो चलचित्र डिसेम्बर ३ बाट सिनेमा हलमा प्रदर्शन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?