
१७ माघ, काठमाडौं । स्थानीय तहको निर्वाचन गर्न माग गर्दै अनेरास्ववियूका विद्यार्थीहरुले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाएका छन् ।
सोमबार अनेरास्ववियू निकट विद्यार्थीहरुले मसाल जुलुस प्रदर्शन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाएका हुन् ।
काठमाडौं प्रदर्शनी मार्गस्थित नेपाल मानविकी क्याम्पस (आर.आर) र पुतलीसडकस्थित शंकरदेव क्याम्पसका विद्यार्थीहरुले मसाल जुलुससहित प्रदर्शन गरेका छन् ।
उनीहरुले ‘स्थानीय तहको निर्वाचन तुरून्त गर, संविधान र लोकतन्त्रको रक्षा गर’ नारासहित प्रदर्शनमा उत्रिएका हुन् ।
पछिल्लो समय निर्वाचन आयोगले स्थानीय तह निर्वाचन ऐन २०७३ अनुसार आगामी जेठ ५ गते स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल सकिने भन्दै त्यसको दुई महिनाअघि नै निर्वाचन गर्नुपर्ने भन्दै सरकारलाई दबाव दिँदै आएको छ।
यस्तै नेकपा एमालेले आगामी वैशाखभित्रै स्थानीय तहको निर्वाचन गर्ने गरी मिति घोषणा गर्न सरकारसँग माग गर्दै आएको छ ।
यता, सत्तारुढ गठबन्धनमा रहेका दलहरु जेठ मसान्तभित्र स्थानीय तहको निर्वाचन गर्न तयार भएको बताउँदै आएका छन् ।
तस्वीरहरु: विकास श्रेष्ठ
प्रतिक्रिया 4