+
+

एउटा मात्रै प्लेटफर्ममा सीमित हुन चाहन्नँ : माधुरी दीक्षित

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २२ गते १३:०५
बलिउड अभिनेत्री माधुरी दीक्षित । फाइल तस्वीर

२२ फागुन, मुम्बई । बलिउडकी धक-धक गर्लको नामले चिनिने अभिनेत्री माधुरी दीक्षितले ‘द फेम गेम’ मार्फत ओटीटी प्लेटफर्ममा डेब्यु गरेकी छन् ।

‘द फेम गेम’मा माधुरीले अनामिका आनन्दको भूमिका निर्वाह गरेकी छन् । यस सिरिजमा रंगीन ग्ल्यामर दुनियाँको पछाडि लुकेको अँध्यारो कथा र सेलिब्रेटीको निजी र पारिवारिक जीवनबारे देखाउने प्रयास गरिएको छ ।

यो सिरिजमा माधुरीले गरेको कामको धेरैले प्रशंसा गरेका छन् । सिरिजको एक दृश्यमा माधुरीले एक युवा अभिनेताको मजाक उडाउँछिन् । ‘युवा अभिनेतालाई क्षमताको नभई स्टाइलिस, ट्रेनर्स र पीआरको आवश्यकता छ’ माधुरीले भनेकी छन् ।

के वास्तविक जीवनमा यस्तै छ ? लगायतका विषयमा माधुरीले दैनिक भाष्करसँग कुराकानी गरेकी छन् ।

सिरिजमा पूरै वास्तविक विषयवस्तु छन्

जब चलचित्र निर्माता श्री राव सिरिजको स्क्रिप्ट लिएर मलाई भेट्न आउँदा उनले यो स्क्रिप्ट नै मलाई हेरेर लेखेको बताए । उनको यो भनाइले मलाई स्क्रिप्टप्रति चासो बढ्दै गयो । उहाँले मलाई कथा सुनाएदेखि नै मलाई यो सिरिजमा काम गर्न मन लाग्यो ।

यसमा रहस्यका साथै फेमिली ड्रामा पनि छ, जुन मलाई निकै मन पर्छ । सिरिजमा धेरै कुरा यस्ता छन् जसमा सच्चाइ देखाइएको छ । मैले यसलाई निकै चुनौतीपूर्ण रुपमा लिएकी थिएँ । तर जब नेटफ्लििक्स र धर्मा प्रोडक्सनको साथ पाए तब लाग्यो यो भन्दा राम्रो सेटअप कहीं मिल्न सक्दैन ।

विश्वास थियो सिरिजलाई दर्शकले मन पराउँछन् भनेर

जब ठूलो पर्दामा सिरिज हेरे तब निकै सन्तुष्ट भए । जस्तो कि कुनै ठूलो चलचित्र नै पर्दामा हेरिरहेका छौं । सिरिज हेर्दा लाग्थ्यो कि यो ओटीटी प्लेटफर्मका लागि नभई ठूलो पर्दाका लागि बनाइएको हो । मलाई यसप्रति सकारात्मक प्रतिक्रिया आउने आशा थियो र त्यस्तै भयो । यो पुस्ताको अभिनेतालाई स्टार बन्नका लागि पूरै गाउँको आवश्यकता पर्छ ।

बलिउडमा मैले काम गर्न थाल्दा प्रमोसनका लागि यत्तिका मान्छे हुँदैनथे । त्यस समय केही म्यागेजिन र समाचारपत्र हुन्थे । निर्माता फिल्म र त्यसका गीतलाई ट्रेलर बनाउँथे र फिल्म रिलिज हुन्थ्यो । तर आज यो बिल्कुलै छैन, समय निकै पर गइसकेको छ । अहिले यति धेरै माध्यम आएका छन् र हरेक माध्यमका लागि अलग-अलग टिमको आवश्यकता पर्छ । हरेक प्लेटफर्ममा फिल्मको प्रचारप्रसार गर्नु टिमको उद्देश्य हुन्छ । अहिले अभिनेता-अभिनेत्रीलाई ठूलो टिमको आवश्यकता छ, नत्र उनीहरु पागल हुन्छन् । त्यसैले म भन्छु आजका अभिनेता अभिनेत्रीलाई स्टार बन्न पूरै गाउँको आवश्यकता पर्छ ।

अहिलेका पुस्ताका अभिनेत्रीप्रति गर्व छ

आजको पुस्ताका अभिनेत्रीलाई देखेर गर्व महसुस गर्छु । जसरी आलिया भट्ट, दीपिका पादुकोण, कंगना रनौत र प्रियंका चोपडाले आफ्नो क्षमता प्रदर्शन गरिरहेका छन् त्यो साँच्चिकै तारिफयोग्य छ । जब उनीहरुको काम स्क्रिनमा हेर्छु तब लाग्छ, उनीहरु सबै भविष्यमा निकै अगाडि बढुन् ।

एउटा मात्रै प्लेटफार्ममा सीमित रहनु हुँदैन

जब फिल्मका लागि तपाईं केही गर्दै हुनुहुन्छ भने दुई मिनेटभित्रै आफ्नो कथा दर्शकमाझ पुर्‍याइसक्नुपर्छ । तर ओटीटीमा निकै धेरै स्पेस छ । मुख्य भूमिकाको अलावा छोटा-छोटा भूमिकालाई पनि एक्सप्लेर गर्न सहयोग हुन्छ । वेब सिरिजको राम्रो काम भनेका त्यहाँ काम गर्ने हरेक कलाकारप्रति दर्शकको लगाव बढ्छ । एक कलाकारको रुपमा म आफ्नो कला देखाउन एक मात्रै प्लेटफर्ममा सीमित रहन चाहन्नँ । तर अहिले मलाई डिजिटल प्लेटफर्ममा काम गर्न रमाइलो लागिरहेको छ ।

साउथ सिनेमाबाट पनि अफर

दक्षिण भारतीय (साउथ) सिनेमाबाट पनि अफर आउने कुरालाई म इन्कार गर्न सक्दिनँ । तर अहिले कुनै रोमाञ्चकता छैन । म यस्तो प्रोजेक्टमा काम गर्न चाहन्छु जो ग्राउन्ड ब्रेकिङ होस् । चाहे जुनसुकै भाषामा किन नहोस् । म शक्तिशाली भूमिकामा काम गर्न चाहन्छु, जसले दर्शकमा अलग्गै छाप बसोस् । यदि दक्षिण भारतीय सिनेमाबाट यस्तो कुनै भूमिका आए म अवश्य त्यसमा काम गर्नेछु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?