
२३ फागुन, काठमाडौं । बैंकिङ कसूर मुद्दामा फरार रहेका टोखा नगरपालिका-७ बस्ने धादिङ त्रिपुरासुन्दरी गाउँपालिका-३ घर भएका ३४ वर्षीय सुदिप थापालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनको गत मंसिर १२ गतेको फैसलाले ४ दिन कैद र २० लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले काठमाडौं डिल्लीबजारबाट पक्राउ गरेको हो ।
सुदिपले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी पीडितलाई झुक्यानमा पारी २०७६ फागुन ३ गते प्राइम कमर्सिययल बैंकमा रहेको आफ्नो खाताबाट भुक्तान हुने चेक दिएकोमा रकम भुक्तान हुन नसकेको ठहर गरी अदालतले उक्त फैसला गरेको थियो ।
उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको ब्यूरोका प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिए ।
प्रतिक्रिया 4