२ पुस, काठमाडौं । ३६ लाख रुपैयाँ बराबरको बैंकिङ कसुर मुद्दाका एक प्रतिवादी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२१ घर भएका ४१ वर्षीय मनोहर लाल श्रेष्ठ छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
काठमाडौं जिल्ला अदालतको २३ असार २०८१ को फैसला अनुसार अनुसार उनलाई ५ दिन कैद र ३६ लाख जरिवानाको फैसला भएको थियो ।
स्वयम्भूबाट पक्राउ परेका उनलाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएर कारागार चलान गरिएको अपराध अनुसन्धान कार्यालयका एसपी काजिकुमार आचार्यले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4