+
+
Shares

बैंकिङ कसुरमा सजाय तोकिएका व्यक्ति पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ६ गते १२:५२

६ साउन, काठमाडौं । बैंकिङ कसुरमा सजाय तोकिएका व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा खोटाङका ४९ वर्षीय वृहस्पति राई छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

बैंकिङ कसुरमा उनलाई २८ असार २०७९ मा उच्च अदालत पाटनले दोषी ठहर गरेको थियो । २० लाख जरिवाना, ४ दिन कैद र क्षतिपूर्ति वापत ८० हजार रुपैयाँ उनलाई तोकिएको थियो ।

त्यसयता उनी फरार हुँदै आएका थिए । सोमबार शंखमुलबाट पक्राउ परेका उनलाई अदालतमार्फत फैसला कार्यान्वयनका लागि कारागार पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?