+
+
Shares

महोत्तरीबाट बैंकिङ कसुरमा एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २५ गते १७:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • महोत्तरी प्रहरीले बैंकिङ कसुरमा एक करोड ३० लाख बिगो रकमसँग पूर्वमठाधीश मानमहन्थ जगन्नाथ दास बैष्णवलाई मठिहानी नगरपालिका-७ बाट पक्राउ गरेको छ।

२५ चैत, जनकपुरधाम । एक करोड ३० लाख बिगो रकम बैंकिङ कसुरमा मानमहन्थ जगन्नाथ दास बैष्णव पक्राउ परेका छन् ।

महोत्तरीको मठिहानी मठका पूर्वमठाधीश दासलाई बैंकिङ कसुर महोत्तरी प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विशम्भरनाथ साहका अनुसार उनलाई मठिहानी नगरपालिका-७ बाट पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?