+
+

काठमाडौं आइपुगेका डब्ल्यूएचओका महानिर्देशक टेड्रोसले क-कसलाई भेट्दैछन् ?

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ८ गते १६:४६

८ वैशाख, काठमाडौं । नेपालको तीन दिने भ्रमणमा काठमाडौं आइपुगेका विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले भेटघाटलाई तीव्र बनाएका छन् ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको औपचारिक निमन्त्रणामा भ्रमणका आएका गेब्रेयससले बिहीबार विभागीय मन्त्रीहरू र राष्ट्रियसभा अध्यक्षसँग भेट गरेका हुन् ।

परराष्ट्र मन्त्रालयका अनुसार महानिर्देशक डा.गेब्रेयससले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडासँगको भेटमा नेपाल र डब्लूएचओबीचको सहकार्यलाई थप बलियो बनाउने र कोरोना भ्याक्सिन सहयोग गर्ने विषयमा छलफल गरेका छन् ।

त्यसपछि परराष्ट्रमन्त्री नारायण खडकासँग भेट गरेका छन् । भेटमा परराष्ट्रमन्त्री खड्काले डब्लूएचओले नेपाललाई कोरोना महामारी त्यसको भ्याक्सिन उपलब्ध गराएर गरेको सहयोगको सराहना व्यक्त गरे ।

मन्त्री खड्काले दशकौंदेखि को सहकार्य र सार्वजनिक स्वास्थ्य संकट समाधानका लागि विभिन्न समयमा गरेको भ्याक्सिन र प्राविधिकलगायत सहयोगका लागि पनि धन्यवाद व्यक्त गरेका थिए ।

बिहीबार नै महानिर्देशक गेब्रेयससले राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमिल्सेनासँग पनि भेट गरेका छन् । अध्यक्ष तिमिल्सेनाले पनि डब्लूएचओले नेपालको स्वास्थ्य क्षेत्रमा गरेको सहयोगको प्रशंसा गरेका थिए । उनले कोरोना महामारीलगायत स्वास्थय समस्या समाधानका लागि हुने सहयोग निरन्तर रहने विश्वाससमेत व्यक्त गरे ।

भेटपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले महानिर्देशक गेब्रेयससको भ्रमण टोलीका लागि रात्रिभोजको आयोजना गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?