आफ्नो सेक्सी छविको कारण चर्चामा आइरहने मोडल पूनम पाण्डेलाई ‘बीग बोस ७’ मा हेर्ने दर्शकको चाहना अधुरो हुने भएको छ । आर्थिक कारण देखाउँदै पाण्डेले ‘बीग बोस’मा जान अस्विकार गरेकी हुन् ।पूनमका अनुसार उनलाई ‘बीग बोस ७’का लागि २ करोडको अफर गरिएको थियो । तर आफ्नो व्यक्तिगत कुराहरु समेत सार्वजनिक गरेर दर्शकलाई मनोरञ्जन दिनका लागि २ करोड कम भएको उनको तर्क छ । पूनमले ‘बीग बोस ७’का निर्मातासँग ३ करोडको अफर गरेको बताइएको छ ।
यता स्वर्गीय नायिका जीया खानका प्रेमिको रुपमा चिनिएका सुरज पंचोलीले भने ‘बीग बोस ७’मा आफ्नो स्थान सुरक्षित गरेका छन् । पूनम पाण्डे ‘बीग बोस ७’मा सहभागी भएकोे भए यसको चर्चा अझ हुने थियो । बलिउडका चर्चित नायक सलमान खानले संचालन गर्ने यो रियालिटी शो सेम्टेम्बर १५ तारिख देखि सुरु हुँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4