+
+

इन्डोनेसियामा आकस्मिक अवतरण गरे लगत्तै विमान चालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ५ गते २०:०८

५ साउन, काठमाडौं । इन्डोनेसियामा आकस्मिक अवतरण गरे लगत्तै एक जना विमानचालकको मृत्यु भएको छ । इन्डोनेसियाको सस्तो विमानसेवा सिटिलिंकका चालको मृत्यु भएको हो ।

सिटिलिंकका कार्यकारी निर्देशक देवा काडेक राईले घटनाको पुष्टि गर्दै भने, ‘पूर्वी जाभा प्रान्तमा रहेको जुआन्डा अन्तर्राट्रिय विमानस्थलमा बिहीबार बिहान चालकले विमानलाई आकस्मिक अवतरण गरेका थिए भने उनलाई तत्काल नजिकैको एक अस्पतालमा लगिएको थियो । उनको उपचारका क्रममा त्यहाँ निधन भएको छ ।’
उनको के कारणले मृत्यु भएको भन्नेबारे अस्पतालले तत्काल कुनै प्रतिक्रिया दिइसकेको छैन ।

दक्षिण सुलावेसी प्रान्तको उजुङ पाण्डाङबाट १०० जना यात्रु बोकेर विमानले उडान सुरू गरेको करिब १५ मिनेटपछि चालकले आकस्मिक अवतरणका लागि अनुरोध गरेका थिए । उनले विमानलाई सकुशल अवतरण गराएपछि यात्रुलाई अर्के विमानबाट गन्तव्यमा पुर्‍याइयो भने चालकलाइ अस्पताल लगियो । तर अस्पतालले लगत्तै उनको मृत्यु भएको घोषणा गरेको हो ।

– एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?