+
+

चुनावबारे छलफल गर्न सत्तागठबन्धनको बैठक बालुवाटारमा जारी

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १८ गते १५:२३
फाइल तस्वीर

१८ साउन, काठमाडौं । सत्तारुढ दलहरुको गठबन्धनको बैठक जारी छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा दिउँसो ३ बजेदेखि बैठक सुरु भएको प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए ।

उनका अनुसार बैठकमा प्रतिनिधिसभा र प्रदेश सभाको चुनावबारे छलफल भइरहेको छ ।

बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेता उपस्थिति छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?