 
																			१० असोज, काठमाडौं । बागमती प्रदेश प्रहरीले चाडपर्व लक्षित सुरक्षालाई ध्यानमा योजना अनुरुप यात्रु तथा नागरिक सहायता कक्ष स्थापना गरेको छ ।
चाडपर्वको समयमा बढि भिडभाड हुने तथा आम नागरिकलाई यात्रामा असहजता हुनसक्ने कुरालाई मध्यनजर गर्दै बागमती प्रदेश अन्तर्गतका १० वटा जिल्लाहरुमा एकैपटक ५२ वटा यात्रु तथा नागरिक सहायता कक्ष स्थापना गरी सञ्चालनमा ल्याइएको बागमती प्रदेश प्रहरी प्रवक्ता एसएसपी दीपक रेग्मीले बताए ।
रेग्मीका अनुसार मकवानपुर जिल्लामा ८ वटा, चितवन जिल्लामा ४, धादिङमा ६, नुवाकोटमा ६, रसुवा ६, काभ्रेमा ९, सिन्धुपाल्चोकमा ५, दोलखामा १, रामेछाप २ र सिन्धुली जिल्लामा ५ वटा गरी जम्मा ५२ वटा यात्रु तथा नागरिक सहायता कक्ष स्थापना भएको छ ।
स्थापना भएका यात्रु तथा नागरिक सहायता कक्षमा ट्राफिक तथा महिला प्रहरीसहित १ सिफ्टमा १५६ जना प्रहरी हुने गरी २४ औं घण्टा प्रहरी परिचालन गरिएको छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4