
२५ कातिक, दाङ। निर्वाचन विथोल्न खोजेको भन्दै दाङमा नेकपा मशालका ४ जना नेता कार्यक्रतालाई प्रहरीले पक्राउ गरेको छ । नेकपा मशालले चुनाव बहिस्कारको सभा गर्ने क्रममा प्रहरीले घोराहीबाट शुक्रवार ४ जना नेता कार्याकर्तालाई पक्राउ गरेको हो ।
निर्वाचन विथोल्ने गतिविधि गरेको भन्दै कार्यक्रम स्थलबाटै प्रहरीले बामपन्थी नेता ओमबहादुर केसी, मशालका दाङ जिल्ला सदस्य लिलाबहादुर पुन लालध्वज, जिल्ला नेता मेघराज भट्टराई र पार्टीकी स्थानीय नेतृ यमसरी जिएमलाई पक्राउ गरेको मशालका नेता रामबहादुर जिएमले बताए ।
नेकपा मशालले पक्राउ पर्नु अघि शुक्रवारमात्रै घोराहीमा तीन ठाउँमा चुनाव बिहिष्कार गर्ने सभा गरिसकेका थिए ।
प्रहरीले पटक- पटक यस्ता गतिविधि नगर्न भन्दै सम्झाउदा पनि नमानेपछि चौथो पटक विरोध सभा गर्नेक्रममा घोराहीको दामोदर चोकबाट पक्राउ गरिएको डिएसपी राजनकुमार गौतमले बताए ।
नेकपा मशालले चुनाव बहिष्कार गर्ने पार्टीको केन्द्रीय नीति अनुसार जिल्लामा पनि गतिविधि गरेको मशालका नेता जिएमले बताए ।
प्रतिक्रिया 4